दफा १८
परिषद्ले निर्देशन दिन र लगतबाट नाम कटृा गर्न सक्ने

(१) परिषद्ले खेलकूद सम्बन्धी संस्थालाई खेलकूदको विकासको सम्बन्धमा समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित खेलकूद सम्बन्धी संस्थाको कर्तव्य हुनेछ ।

(२) उपदफा (१) बमोजिम परिषद्ले दिएको निर्देशनको पालन नगर्ने खेलकूद सम्बन्धी संस्था वा दफा १७ बमोजिम परिषद्ले तोकिदिएको ढाँचामा आफ्नो आम्दानी खर्चको हिसाब किताबको श्रेस्ता नराख्ने वा रकम हिनामिना गर्ने खेलकूद सम्बन्धी संस्थाको नाम परिषद्ले आफ्नो लगतबाट कटृा गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम परिषद्ले आफ्नो लगतबाट कुनै खेलकूद सम्बन्धी संस्थाको नाम कटृा गरेमा त्यसको सूचना सम्बन्धित खेलकूद सम्बन्धी संस्थालाई दिनु पर्नेछ ।